देशभर मनसुन कमजोर, तर वर्षाको सम्भावना कायम
जलसरोकार
काठमाडौं: मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले देशमा मनसुन गतिविधि केही कमजोर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकाले वर्षाको सम्भावना भने यथावत् रहेको महाशाखाले स्पष्ट पारेको छ ।
महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली हुने अनुमान गरिएको छ। यस अवधिमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका साथै तराईका एक–दुई ठाउँमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।
यस्तै, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। मधेस, कोशी, वाग्मती र गण्डकी प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र कोशी तथा गण्डकीका पहाडी भागका एक–दुई ठाउँमा भारी वर्षा समेत हुने सम्भावना छ।
महाशाखाले वर्षाका कारण देशका पहाडी भूभागमा पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्ने, ठूला तथा साना नदी–नालामा पानीको सतह उच्च हुन सक्ने तथा यातायात क्षेत्र प्रभावित हुने चेतावनी दिएको छ। यससंगै सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न सबैलाई आग्रह गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा