मनसुनको प्रभाव कायमै, केही स्थानहरूमा मेघगर्जनसहित वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकोले देशका विभिन्न भागमा बदली र वर्षाको सम्भावना रहेको छ।
आज बिहीबार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। सुदूरपश्चिम प्रदेश तथा पहाडी क्षेत्रका केही स्थानहरूमा र लुम्बिनी प्रदेशका तराई भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेश प्रदेश लगायतका अन्य तराई क्षेत्रका एक-दुई स्थानमा समेत यस्तै खालको वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ।
आज राति कोशी, मधेश र सुदूरपश्चिम प्रदेशसहित पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने तराई भू-भागमा आंशिक बदलीको सम्भावना रहेको छ। यिनै क्षेत्रका केही पहाडी तथा तराई भू-भागमा एक-दुई स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मौसमविद्हरूले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्, विशेषगरी मेघगर्जन, चट्याङ र स्थानीय वर्षाले जनजीवनमा प्रभाव पार्न सक्ने भएकाले।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता