देशका पश्चिमी भूभागमा मनसुन बढी सक्रिय, भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं: मनसुनको न्यून चापीय रेखा तराई आसपास र पूर्वतर्फ केही दक्षिणमा रहेकाले आज देशका पूर्वी भूभागभन्दा पश्चिमतर्फ मनसुन बढी सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागमा सामान्य बदली र बाँकी भागमा आंशिक बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा, साथै मधेस प्रदेशका केही भागमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने अनुमान छ ।
राति पनि पहाडी भागमा सामान्य बदली रहने र गण्डकी, वाग्मती, लुम्बिनी तथा कर्णाली प्रदेशका केही भागमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहँदा ठूला तथा साना नदी–नालामा पानीको सतह बढ्ने, यातायात अवरुद्ध हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा