देशभर मनसुनको प्रभाव, कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीमा वर्षा
जलसरोकार
काठमाडौँ: जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनको प्रभाव जारी रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा दक्षिणतर्फ अवस्थित रहेकाले कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
आज दिउँसो देशका अधिकांश भागमा साधारणतया बदली रहने र राति पनि देशभर सामान्य बदली हुने अनुमान गरिएको छ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशसँगै पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
महाशाखाले वर्षाका कारण पहिरो तथा डेब्रिज फ्लोको जोखिम बढ्ने, ठूला तथा साना नदी–नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रमा असर पर्न सक्ने प्रक्षेपण गरेको छ । त्यसैले सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न महाशाखाले सबैलाई आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता