कोशीदेखि सुदूरपश्चिमसम्म मनसुनी वर्षा, सतर्क रहन आग्रह
जलसरोकार
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले शनिबार पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ।
शुक्रबार साँझसम्म कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ। मधेश प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक बदली रहेको विभागले जनाएको छ।
हाल कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा पनि मध्यम वर्षा भइरहेको विभागको भनाइ छ।
विभागले जारी गरेको दोस्रो दिनको चेतावनी नक्साअनुसार देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी पहाडी तथा हिमाली भूभागमा बदलीसँगै वर्षा हुने अवस्था देखिएको छ।
मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी क्षेत्रमा नजिक रहेकाले पश्चिमी नेपालमा पनि मनसुनी गतिविधि सक्रिय रहने विभागको विश्लेषण छ। वर्षाका कारण पहाडी भूभागमा सडक तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।
विभागले मौसममा आउने परिवर्तन र वर्षाको अवस्थाबारे नियमित अद्यावधिक सूचना हेर्नसमेत आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे सुरुङमा लेदो हटाउने काममा महत्वपूर्ण प्रगति, मुख्य अवरोधपछि ठूलो समस्या नआउने आकलन
-
चिलिमे उद्धारमा महत्वपूर्ण प्रगति : मुख्य अवरोधस्थल नजिक पुग्दै टोली
-
चिलिमे सुरुङमा ठूला ढुंगा र लेदो हटाउँदै उद्धार टोली
-
चिलिमे सुरुङमा भेटिएका फलामे डन्डी उद्धार योजनाकै हिस्सा : प्राध्यापक डिक्स
-
एमसीसीको प्रसारणमा उल्टो तालमेल : लाइन तयार, सबस्टेसनका लागि २०२७ कुर्नुपर्ने
-
बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्ड निर्माण सम्पन्न