मनसुन सक्रिय: आगामी २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टामा देशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेकाले वर्षा गराउने प्रणाली सक्रिय बनेको छ। उक्त रेखा आगामी दिनमा क्रमशः नेपाल नजिकिँदै जाने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। विशेषगरी लुम्बिनी प्रदेशको तराई क्षेत्र तथा देशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
आज राति पनि देशभर बदली कायम रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा समेत वर्षा हुने अनुमान गरिएको छ।
त्यस्तै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।
विभागले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
भारी वर्षाका कारण पहाडी क्षेत्रमा भूक्षय, पहिरो तथा सडक अवरोध र तराई क्षेत्रमा डुबान तथा बाढीको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनामा ठूलो क्षति, उद्धारलाई पहिलो प्राथमिकता दिन इप्पानको आग्रह
-
रसुवाको बाढीपछि ऊर्जा मन्त्रालय सक्रिय, उद्धार र पुनःस्थापनालाई पहिलो प्राथमिकता
-
रसुवा बाढीको असर शेयर बजारमा, जलविद्युत् कम्पनीको शेयरमूल्यमा उच्च गिरावट
-
भोटेकोशी–त्रिशूली बाढीले १९ पुल र ४० किलोमिटर सडकमा क्षति
-
रसुवामा भीषण बाढीको असर १३ जलविद्युत् आयोजनामा, ७४८ मेगावाट क्षमता प्रभावित
-
तिब्बतबाट आएको भोटेकोशी बाढीले विद्युत् प्रणालीमा ठूलो धक्का, ४३० मेगावाट बिजुली विच्छेद