मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं: मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहेकाले मुलुकभर वर्षाको क्रम जारी रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल पूर्वी, मध्य र पश्चिमी नेपालका अधिकांश भागमा मनसुनको प्रभाव देखिएको छ ।
आज दिउँसोको पूर्वानुमान अनुसार देशभर साधारणतया बदली रहनेछ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र मधेस प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भागका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ, जसका कारण पहिरो, बाढी तथा नदी–खोलामा पानीको बहाव बढ्ने जोखिम रहन्छ ।
आज राति पनि मौसमको स्थिति उस्तै रहने देखिएको छ। मधेस प्रदेश, कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना यथावत रहेको महाशाखाले जनाएको छ ।
विभागले निरन्तर वर्षाका कारण पहाडी तथा तराई क्षेत्रमा बाढी–पहिरोको जोखिम उच्च भएकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, नदी–नाला तथा खोला किनारका बासिन्दालाई आवश्यक सावधानी अपनाउन, यात्रा गर्दा सम्भावित जोखिम मूल्याङ्कन गर्न तथा मौसमको अद्यावधिक सूचनामा ध्यान दिन अनुरोध गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा