मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले पश्चिम नेपालमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा\हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका धेरै स्थानमा तथा तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । आज राति हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा र हिमपातको सम्भावना छ । आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशको थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
करदाता प्रोत्साहन कार्यक्रममा उपभोक्ताको सहभागिता ह्वात्तै बढ्यो
-
नेप्से १९ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
पीपीएको पर्खाइमा १६,१४० मेगावाट, ६६ अर्ब लगानी अड्कियो : इप्पान
-
प्राधिकरणका ठूला विद्युत्गृहले लक्ष्य नाघे, मध्यम आयोजना ७.४ प्रतिशत पछाडि
-
‘ग्यासको होइन, ऊर्जा नीतिको अभाव हो’ : सांसद श्रीराम न्यौपाने
-
६२७ मेगावाट क्षमता, उत्पादन २,७६४ गिगावाट घण्टा : प्राधिकरणका विद्युत् गृहको तस्वीर