मनसुन सक्रिय : कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं: देशभर मनसुनी वायुको प्रभाव जारी रहँदा मौसम पूर्वानुमान महाशाखाले कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्रमा सरदर स्थानको उत्तरतर्फ सक्रिय रहेको छ, जसको प्रत्यक्ष प्रभाव कर्णाली, सुदूरपश्चिम र अन्य पहाडी भूभागमा देखा परेको छ ।
हाल कर्णाली र सुदूरपश्चिमसहित पहाडी क्षेत्रमा अधिकांश स्थानमा बदली रहँदा बाँकी भूभागमा सामान्य बदली देखिएको छ । मधेस प्रदेशका एक–दुई स्थान र अन्य केही ठाउँमा मध्यम वर्षा भइरहेको छ । दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशीका पहाडी क्षेत्रमा मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिइएको छ ।
आज राति देशभर सामान्य बदली रहनेछ। कोशी र मधेस प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा