आज मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : आज दिउँसो देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान विभागले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
त्यसैगरी, बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा पनि वर्षा हुने संभावना छ। विभागका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुने देखिएको छ।
यस्तै, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागले चेतावनी दिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली