देशका विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज आइतबार दिउँसोदेखि रातिसम्म देशका विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहितका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराईका केही भूभागमा आंशिक बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। सो भूभागका थोरै स्थानमा तथा अन्य क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाका मौसम विज्ञका अनुसार हाल मनसुनी वायुको प्रभाव केही कमजोर भए पनि स्थानीय वायुको आंशिक प्रभाव रहने भएकाले वर्षाको सम्भावना देखिएको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता