आगामी २४ घण्टासम्म पहाडी भू-भागमा मध्यम वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली हुने जनाइएको छ। यस अवधिमा कोशी प्रदेश, सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानहरू र तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
आज राति पनि देशको पहाडी भू-भागमा साधारणतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा अन्य भू-भागका थोरै स्थानमा समेत मध्यम वर्षा पर्न सक्ने महाशाखाले आज जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा छ ।
मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानकै आसपासमा रहेको छ। यसका कारण देशभर वर्षा गतिविधि कायम रहने अनुमान गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कमजोर, तर तराई र मधेसका केही जिल्लामा तातो हावा र गर्मीको चेतावनी
-
बूढीगण्डकी जलाशययुक्त जलविद्युत् निर्माण सरकारकाे प्राथमिकतामा : मन्त्री श्रेष्ठ
-
अन्तिम समयमा सम्हालियो नेप्से, परिसूचक १.६३ अंकले बढ्दा कारोबार ४ अर्ब ५३ करोड नाघ्यो
-
पीपीए रोकिँदा साना जलविद्युत् आयोजना वित्तीय संकटमा
-
करको विवेकपूर्ण उपयोग सरकारको नीति: अर्थमन्त्री वाग्ले
-
सुन–चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?