बिहान हुस्सु/कुहिरो, दिउँसो र राति मुख्यतया सफा
जलसरोकार
काठमाडौं :आज सातै प्रदेशमा मौसम आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशीको हिमाली, पहाडी र तराई क्षेत्रमा आज दिउँसो आंशिक बदलीदेखि मुख्यतया सफा रहने विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रकाशन गरेको मौसमसम्बन्धी बुलेटिनमा छ ।
त्यसैगरी आज दिउँसो र राति मधेस प्रदेशमा पनि आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने पूर्वानुमान छ ।
बागमती, लुम्बिनी, कर्णाली र सुदूर पश्चिमका हिमाली, पहाडी र तराई क्षेत्रमा पनि आंशिक बदलीदेखि साधारणया बदली रहने सम्भावना छ । यी प्रदेशमा राति भने आंशिक बदलीदेखि मुख्यता सफा रहनेछ ।
गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आज राति आंशिकदेखि साधारण तया बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरुमा हुस्सु÷कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने विभागको बुलेटिनमा छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड