बिहान हुस्सु/कुहिरो, दिउँसो र राति मुख्यतया सफा
जलसरोकार
काठमाडौं :आज सातै प्रदेशमा मौसम आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशीको हिमाली, पहाडी र तराई क्षेत्रमा आज दिउँसो आंशिक बदलीदेखि मुख्यतया सफा रहने विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रकाशन गरेको मौसमसम्बन्धी बुलेटिनमा छ ।
त्यसैगरी आज दिउँसो र राति मधेस प्रदेशमा पनि आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने पूर्वानुमान छ ।
बागमती, लुम्बिनी, कर्णाली र सुदूर पश्चिमका हिमाली, पहाडी र तराई क्षेत्रमा पनि आंशिक बदलीदेखि साधारणया बदली रहने सम्भावना छ । यी प्रदेशमा राति भने आंशिक बदलीदेखि मुख्यता सफा रहनेछ ।
गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आज राति आंशिकदेखि साधारण तया बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरुमा हुस्सु÷कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने विभागको बुलेटिनमा छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता