खानेपानीको समस्या समाधानका लागि सबै निकायलाई सहयोग गर्न मन्त्री यादवको आग्रह
जलसरोकार
काठमाडौँ: खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा, बारासहित मधेसका जिल्लामा चापाकल सुकेर खानेपानीको सङ्कट बढेकाले उक्त समस्या समाधानका लागि सबैले आ–आफ्नो तर्फबाट सहयोग र समन्वय गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत मन्त्री यादवले जलवायु परिवर्तनका कारण परेको खडेरीले पर्सा, बारा, रौतहटलगायत मधेसका जिल्लामा चापाकल सुकेर खानेपानीको सङ्कट सृजना भई जनजीवन प्रभावित भएको भन्दै सबैको सहयोग र समन्वयबाट समस्या समाधान गर्न सकिने धारणा राखे ।
“यस प्राकृतिक विपत्तिमा पीडित नागरिकसँग सहानुभूति राख्दै म वीरगञ्जका विभिन्न प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन गरिरहेको छु”, उनले भने,“खानेपानी समस्याको तत्कालीन समाधानका लागि बारा, पर्सालगायत जिल्लासहित वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा हालसम्म दुई सय ३७ भन्दा बढीको सङ्ख्यामा डिपबोरिङ गाडिसकिएको छ । समस्या समाधानका लागि थप पहल भइरहेका छन् ।”
यादवले आगामी आर्थिक वर्षको सुरुआतसँगै यसकार्यलाई अझ द्रुतगतिमा अगाडि बढाइने बताउँदै यसले खानेपानीका लागि शीघ्र राहत दिने विश्वास लिएको बताए । खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि एसियाली विकास बैंकको सहयोगमा रु चार अर्ब ५० करोड लागतमा वीरगञ्जमा बृहत् खानेपानी आयोजना अघि बढिरहेको उनको भनाइ छ ।
“यो कठिन परिस्थितिमा धैर्यता र संयमता अपनाउन सबैलाई आग्रह गर्दछु । सबैको सहयोग र समन्वयले समस्या समाधानको विकल्प निकाल्न सकिने छ”, उनले भने,। प्रदेश र स्थानीय सरकार, खानेपानी र सरसफाइ क्षेत्रमा संलग्न सबै राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकायलाई सहकार्य र सहयोगका लागि उनले आग्रह गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
थर्कबहादुरले ऊर्जामन्त्रीलाई थाङ्नामा सुताए
-
आयातको बाढी, निर्यातको सुस्त गति : १७ खर्ब ८१ अर्बको व्यापार घाटाले अर्थतन्त्रमा दबाब
-
तनहुँका भूमि प्रशासन र नापी सेवामा सुधार गर्न सांसद न्यौपानेको माग
-
अर्थमन्त्री वाग्लेबाट आन्तरिक राजस्व विभागको अनुगमन, राजस्व लक्ष्य पूरा गर्न निर्देशन
-
नेप्से १४.१७ अंकले बढ्यो, कारोबार रकम घटेर ४ अर्ब ६९ करोडमा सीमित
-
खुला प्रतिस्पर्धाबाट फेरि अध्यक्ष बने डा. धिताल, विद्युत् नियमन आयोगमा पुरानै नेतृत्वको पुनरागमन