ग्रामीण तथा दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर खानेपानी कार्ययोजना बनाउन मन्त्री यादवको निर्देशन
जलसरोकार
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले ग्रामीण तथा दुर्गम क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्ययोजना बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।
आज मन्त्रालय र मातहत निकायका काम कारबाहीबारे जानकारी लिदै उनले दीर्घकालीन र दिगो खानेपानी योजना विकास तथा कार्यान्वयनमा विशेष ध्यान दिन निर्देशन दिए । प्रविधिको नवीनतम प्रयोगद्वारा खानेपानी वितरण प्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशन दिँदै उनले सुरक्षित खानेपानीको महत्वबारे जनचेतना जगाउने कार्यक्रम अगाडि बढाउनसमेत ध्यान दिनुपर्ने धारणा राखे ।
“सबै नेपाली नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु मेरो मुख्य प्राथमिकता हो । आधुनिक प्रविधिको प्रयोगद्वारा खानेपानी वितरण प्रणाली सुधार्न र मन्त्रालयका कामकारबाहीलाई पारदर्शी एवं उत्तरदायी बनाउनुपर्नेछ । यस कार्यमा म सधैँ प्रतिबद्ध छु । सोहीअनुसार तपाईँहरूबाट पनि सहयोगको अपेक्षा गरेको छु”, उनले भने ।
अनुगमन, मूल्यांकन र कार्यसम्पादनको प्रभावकारिता मापन गर्ने प्रणालीको विकास गर्न पनि आवश्यक रहेकामा उनको जोड थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ