ग्रामीण तथा दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर खानेपानी कार्ययोजना बनाउन मन्त्री यादवको निर्देशन
जलसरोकार
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले ग्रामीण तथा दुर्गम क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्ययोजना बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।
आज मन्त्रालय र मातहत निकायका काम कारबाहीबारे जानकारी लिदै उनले दीर्घकालीन र दिगो खानेपानी योजना विकास तथा कार्यान्वयनमा विशेष ध्यान दिन निर्देशन दिए । प्रविधिको नवीनतम प्रयोगद्वारा खानेपानी वितरण प्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशन दिँदै उनले सुरक्षित खानेपानीको महत्वबारे जनचेतना जगाउने कार्यक्रम अगाडि बढाउनसमेत ध्यान दिनुपर्ने धारणा राखे ।
“सबै नेपाली नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु मेरो मुख्य प्राथमिकता हो । आधुनिक प्रविधिको प्रयोगद्वारा खानेपानी वितरण प्रणाली सुधार्न र मन्त्रालयका कामकारबाहीलाई पारदर्शी एवं उत्तरदायी बनाउनुपर्नेछ । यस कार्यमा म सधैँ प्रतिबद्ध छु । सोहीअनुसार तपाईँहरूबाट पनि सहयोगको अपेक्षा गरेको छु”, उनले भने ।
अनुगमन, मूल्यांकन र कार्यसम्पादनको प्रभावकारिता मापन गर्ने प्रणालीको विकास गर्न पनि आवश्यक रहेकामा उनको जोड थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स