धौलिगाड खानेपानी आयोजनाको खानेपानीमन्त्री यादवबाट अनुगमन
जलसरोकार
जुम्ला : खानेपानीमन्त्री प्रदीप यादवले जिल्लामा निर्माणधीन खानेपानी आयोजनाको अनुगमन गरेका छन् । शनिबार जुम्ला पुगेका उनले तातोपानी गाउँपालिका–१ मा निर्माणाधीन धौलिगाड खानेपानी आयोजनाको अवलोकन गरेका हुन् ।
आयोजना अनुगमनपछि सञ्चारकर्मीसँगको छलफलमा मन्त्री यादवले कर्णाली प्रदेशका दुर्गम जिल्लासहित जुम्लाका स्थानीयले वर्षौँदेखि भोग्दै आएका खानेपानीसहित विविध समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । “यहाँका विद्यमान समस्याका बारेमा प्रत्यक्ष जानकारी लिने अवसर पाएँ । ती समस्या समाधान गर्न योजनाबद्ध रूपमा काम गर्दै जानेछौँ”, उनले भने, ।
जिल्लाको हिमा गाउँपालिका–१ देवारगाउँमा आज आयोजना हुने बास सम्मेलनमा सहभागिता जनाउन, यहाँको खानेपानीसम्बन्धी समस्या बुझेर समाधानका उपाय पहिचान गर्न मन्त्री यादवसहित मन्त्रालयका सचिव इञ्जिनीयर प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनीयर रामकुमार श्रेष्ठलगायत मन्त्रालयका कर्मचारी गुगेका हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा–सिस्नेखोला सुरुङ सञ्चालन र मर्मतका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान
-
‘मोन्था आँधी’को प्रभाव क्रमशः कमजोर, अधिकांश स्थानमा मौसम सफा
-
काठमाडौं शहरीकरणको ५० वर्षे गुरुयोजना बन्दै, गुरुयोजना बमोजिम शहरीकरणका योजना अगाडि बढ्छन् : मन्त्री कुलमान घिसिङ
-
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्दै ठूला र रोजगारमूलक आयोजनामा लगानी विस्तारमा जोड
-
८२ मेगावाट लोअर सोलु जलविद्युत् आयोजनाको १३२ केभी ग्यास इन्सुलेटेड सबस्टेसनको अन्तिम परीक्षण सम्पन्न
-
नेपाल विद्युत् प्राधिकरण कानुनबमोजिम लाइन काट्न बाध्य भएको हो : ऊर्जा मन्त्री कुलमान