पोखरा–मुगलिङ सडकखण्डको निर्माणाधीन सेती पुल निरीक्षणमा पुगे मन्त्री घिसिङ
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार बिहान पोखरा–मुगलिङ सडकखण्डअन्तर्गत पर्ने निर्माणाधीन सेती पुलको स्थलगत निरीक्षण गरेका छन् ।
पोखरा आवतजावतका क्रममा सवारीसाधन थुप्रिने साँघुरो ‘बोटलनेक’का रूपमा रहेको उक्त स्थानमा नयाँ पुल निर्माण भइरहेको छ । सम्बन्धित निकायका अनुसार हाल पुलको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छ ।
निरीक्षणका क्रममा मन्त्री घिसिङले पुल निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । उनले निर्माणमा देखिने ढिलासुस्ती हटाई तोकिएको समयमै काम सम्पन्न गर्न आग्रह गरे । साथै, सडक आवागमनलाई सहज बनाउन पुल निर्माण अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै गुणस्तरमा सम्झौता नगरी काम अघि बढाउन निर्देशन दिए ।
सेती पुल निर्माण सम्पन्न भएपछि पोखरा–मुगलिङ सडकखण्डमा सवारी जामको समस्या न्यूनीकरण हुने र यात्रु तथा ढुवानी सेवामा सहजता आउने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आज गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना
-
जलाशय : बिजुलीभन्दा ठूलो सम्पत्ति पानी हो
-
डिम्याट खाता ८० लाख नाघ्दा करिब २९ लाख निष्क्रिय, ६७ करोडभन्दा बढी कित्ता सेयर अझै भौतिक प्रमाणपत्रमै
-
सुन प्रतितोला १ हजार ६०० रुपैयाँले बढ्यो, चाँदीमा पनि उछाल
-
प्रवासी नेपालीलाई स्वदेशमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह
-
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह