पोखरा–मुगलिङ सडकखण्डको निर्माणाधीन सेती पुल निरीक्षणमा पुगे मन्त्री घिसिङ
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार बिहान पोखरा–मुगलिङ सडकखण्डअन्तर्गत पर्ने निर्माणाधीन सेती पुलको स्थलगत निरीक्षण गरेका छन् ।
पोखरा आवतजावतका क्रममा सवारीसाधन थुप्रिने साँघुरो ‘बोटलनेक’का रूपमा रहेको उक्त स्थानमा नयाँ पुल निर्माण भइरहेको छ । सम्बन्धित निकायका अनुसार हाल पुलको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छ ।
निरीक्षणका क्रममा मन्त्री घिसिङले पुल निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । उनले निर्माणमा देखिने ढिलासुस्ती हटाई तोकिएको समयमै काम सम्पन्न गर्न आग्रह गरे । साथै, सडक आवागमनलाई सहज बनाउन पुल निर्माण अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै गुणस्तरमा सम्झौता नगरी काम अघि बढाउन निर्देशन दिए ।
सेती पुल निर्माण सम्पन्न भएपछि पोखरा–मुगलिङ सडकखण्डमा सवारी जामको समस्या न्यूनीकरण हुने र यात्रु तथा ढुवानी सेवामा सहजता आउने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बृहत् लगानी, उत्पादनभन्दा बजारको महत्त्व र व्यापारमा नीतिगत स्पष्टता
-
मौसम पूर्वानुमानलाई सात दिनसम्म विस्तार गर्ने र काठमाडौं उपत्यकामा नयाँ राडार राख्ने लक्ष्य
-
बाढी पूर्वानुमानदेखि हिमताल अनुगमनसम्म : नयाँ जलविज्ञान केन्द्रको योजना, चुनौती र क्षमता
-
भारतमा विद्युत्को औसत मूल्य दोब्बरनजिक, डे-अहेड बजारमा प्रतियुनिट भारु ७.३०
-
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात, बंगलादेशतर्फ पनि पुनः सुरु
-
उद्योगी, समाजसेवी एवं गोयल ग्रुपका अध्यक्ष कैलाशचन्द्र गोयललाई मातृशोक