अधूरो लिफ्ट आयोजना पूरा नहुँदा वर्षेनी लाखौँको घाटा
जलसरोकार
बागलुङ: बागलुङ नगर खानेपानी तथा उपभोक्ता समितिले अधूरो लिफ्टमार्फत पानी वितरण गर्दा मासिक करीब रु ५ लाख (वार्षिक रु ६० लाख) विद्युत् महसुल तिर्नुपरेको छ । तर, आयोजना पूरा नहुँदा गण्डकी प्रदेश र संघीय सरकारको विद्युत् महसुल छुट सुविधा लिन नसक्दा समितिले वर्षेनी लाखौँको घाटा बेहोर्दै आएको छ ।
२०७५ असार ३१ गते दुई वर्षमै सम्पन्न गर्नेगरी रु ३० करोड २६ लाख ५१ हजार लागतमा ठेक्का सम्झौता भएको ‘बागलुङ नगर बृहत् खानेपानी लिफ्ट आयोजना’ ९५% काम पूरा भए पनि अझै सञ्चालनमा आएको छैन। पछि लागत रु ४ करोडले बढे पनि निर्माण कम्पनी कन्काई जयमाता जेभीले समयमा काम सम्पन्न नगरेको समितिका कार्यबाहक अध्यक्ष हरिबहादुर जिसीले बताए ।
गण्डकी प्रदेशको नियमअनुसार आयोजना पूरा भए वार्षिक विद्युत् महसुलमा २५% छुट पाइने थियो, जसले समितिलाई वार्षिक रु १५ लाख राहत दिने अनुमान छ । तर, निर्माण ढिलाइका कारण सात लाख लिटर क्षमताका नयाँ ट्यांकी प्रयोगमा आउन सकेका छैनन्। अहिले पुरानो ट्यांकीमार्फत अस्थायी रूपमा पानी वितरण भइरहेको छ ।
निर्माण व्यवसायी कृष्णहरि चौलागाईंका अनुसार भौगोलिक जटिलता, पहिरो, कोभिड–१९, आर्थिक समस्या र पाइपलाइन डिजाइनमा आएको समस्या ढिलाइका कारण बने। आयोजना सम्पन्न भएपछि काठेखोलाबाट रातामाटामा पानी लिफ्टमार्फत पु¥याएर शुद्धीकरण गरी वितरण गर्ने योजना छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स