बाढीपहिरोले लेखर्कमा करोडौँको क्षति
जलसरोकार
भोजपुर,: हालैको वर्षाले टेम्केमैयुङ–९ लेखर्कमा राउतेखोला पक्की पुलसँगै विभिन्न संरचनामा क्षति पुर्याएको छ । वर्षाले पहिरोले पुल, खानेपानी, सिँचाइ कुलो, सडक, पाँचधारे प्रहरी चौकीेसँगै स्थानीयको घर तथा विभिन्न संरचनामा क्षति पुगेको हो ।
बाढीपहिरोका कारण यहाँ रु चारको करोड बढीको क्षति भएको टेम्केमैयुङ–९ का वडाध्यक्ष नभराज माङ्पाहाङले बताए । हाल क्षति पुगेका संरचनाको विवरण सङ्कलनको काम भइरहेको उनको भनाइ छ । पहिराले साविक वडा नं ६ काभ्रेमा बस्ती नै जोखिममा रहेको वडाध्यक्ष माङ्पाहाङले जानकारी दिए । यहाँको राईटोल र विकटोल जोखिममा रहेको उनले जानकारी दिए ।
“बाढी पहिराले रु चार करोड बढीको क्षति पुगेको अवस्था छ”, उनले भने,“काभ्रेको एउटा बस्ती नै जोखिममा छ । सडक, पुल, खानेपानी, सिँचाइ कुलोमा क्षति पुग्दा जनजीवनमा प्रत्यक्ष असर परेको अवस्था छ ।”
त्यस्तै बाढीपहिराले काभ्रे खानेपानी आयोजना, लेखर्क खानेपानी आयोजनामा क्षति पुगेको छ । त्यस्तै गिद्धे सिँचाइ कुलो, धिमाल कुलो, बिसाउने कुलो, बजगाईँ कुलो, सुन्तले कुलो, विजलेस काभ्रे सिँचाइ कुलो र जौबारी सिँचाइ कुलोमा क्षति पुगेको छ ।
साविक दुई वाइराङका तुलसी सुनार, सूर्य विकको घर र ज्ञानोदय आधारभूत विद्यायलय पहिराको जोमिखमा परेको वडा कार्यालयले जनाएको छ । पाँचधारे प्रहरी चौकीको पश्चिम भागबाट पहिरो खस्दै गरेकाले जोखिममा रहेको वडाका प्रतिनिधि बताउँछन् । पहिराले दीपेन्द्र घिमिरे, इन्दिरा राई घिमिरे, जोधन राई, सीताराम घिमिरे र सूचन राईको घरमा असर परेको जनाइएको छ ।
त्यस्तै स्थानीय कुमार विश्वकर्माको खेतमा क्षति पुगेको वडाले जनाएको छ । साविक–४ जाल्पादेवी आधारभूत विद्यालय र युवराज पुरीको घर पहिराको जोखिममा परेको जनाइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?