वर्षामा मेलम्चीको पानी खोलामा छोडे हिउँदमा काठमाडौंमा पानी लैजान नदिने बाढी पीडितको चेतावनी
जलसरोकार
काठमाडौँ – मेलम्ची खानेपानी बाढी पीडित संघर्ष समिति र स्थानीय राजनीतिक दलहरूले वर्षायाममा पनि सुरुङ प्रवेश गराइएको पानी निरन्तर पथान्तरण गर्न माग गरेका छन् । उनीहरुले वर्षायाममा सुरुङ प्रवेश गराइएको पानी नदीतिर नफर्काउन चेतावनी नै दिएका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पीडित र स्थानीय दलका प्रतिनिधिहरूले यस्तो चेतावनी दिएका हुन् ।
‘केही वर्षदेखि हिउँद शुरूवातसँगै तामझामका साथ पानी काठमाडौँ प्रवेश गराउने र जब मनसुन सुरु हुन्छ त्यसपश्चात पानी पुनः नदीमै फर्काउने र तटीय क्षेत्रको जोखिम ख्याल (वास्ता) नगर्ने प्रवृत्ति र मानसिकताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ सुरुङ प्रवेश गराइएको पानी यस वर्षको वर्षायाममा निरन्तर पथान्तरण गर्न र नदीतिर नफर्काउन बाढी पीडित संघर्ष समिति, यस क्षेत्रमा क्रियाशील राजनीतिक दलका तर्फबाट विनम्रतापूर्वक संयुक्त अपिल गर्दछौँ ।’
उनीहरूले आफूहरूको अनुरोध र अपिललाई कमजोरी ठानेर जबरजस्ती नदीतिरै पानी फर्काउने प्रयत्न गरिए हिउँदमा पुनः पानी पथान्तरण गर्न असम्भव हुने चेतावनी दिएका छन् ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो