असोज अन्तिम सातादेखि मात्र मेलम्चीको पानी काठमाडौँमा
जलसरोकार
काठमाडौँ : काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै मेलम्चीको पानी आउने भएको छ ।
वर्षासँगै मेलम्ची खोलामा पानीको बहाव बढेकाले दसैँअघि उपत्यकामा पानी ल्याउन नसकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासले जानकारी दिए । उनका अनुसार, “पानीको बहाब घटेपछि मात्र मेलम्चीको पानी ल्याउने तयारी छ ।”
विसं २०७८ असारमा आएको भीषण बाढीपहिरोले मेलम्ची आयोजनाको हेडवक्र्स पूर्णरूपमा क्षतिग्रस्त बनाएपछि हालसम्म हिउँदमा मात्र उपत्यकामा मेलम्चीको पानी आपूर्ति हुँदै आएको छ । हाल केही दिनयता निरन्तर वर्षा भएसँगै पानी पथान्तरणमा समस्या भएको हो ।
समितिका अनुसार, मेलम्चीबाट सामान्य अवस्थामा दैनिक १७ देखि १८ करोड लिटर पानी उपत्यकामा ल्याइँदै आएको भए पनि हाल रिबर्मा खोलाबाट ६ देखि ७ करोड लिटर मात्र पथान्तरण भइरहेको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेकोमा मेलम्ची अवरुद्ध हुँदा विभिन्न स्रोतबाट जम्मा १३ देखि १४ करोड लिटर मात्र आपूर्ति भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
निर्माण अघि नबढाउने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न उच्चस्तरीय समितिको सिफारिस
-
देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना
-
बीपीसीले प्यूठानमा सञ्चालनमा ल्यायो ५० किलोवाटको ग्रीन हाइड्रोजन पाइलट परियोजना
-
नेप्से लगातार चौथो दिन घट्यो, कारोबार रकम ६ अर्ब ४४ करोड नाघ्यो
-
राहुघाटको २२० केभी स्विचयार्ड सञ्चालनमा, १२७.८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
-
डेडिकेटेड र ट्रंक लाइन बक्यौता तत्काल असुल गर्न उनेपाका अध्यक्ष कुलमानको आग्रह