भोलिदेखि काठमाडौंको धारामा मेलम्ची खानेपानी बन्द
जलसरोकार
काठमाडौं – काठमाडौं उपत्यकामा मेलम्चीको पानी भोलि (शुक्रबार)देखि नआउने भएको छ । वर्षाका कारण मेलम्ची नदीमा बहाव बढ्न थालेसँगै मेलम्ची खानेपानी विकास समितिले पानी आपूर्ति बन्द गर्न लागेको हो । समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै अम्बाथानस्थित मूलद्वार बन्द गर्ने तयारी भएको जनाएको छ । मुख्य ‘हेडबक्समा पानी थिग्र्याउने संरचना बिग्रिएकाले आयोजना बन्द गर्नुपर्ने अवस्था आएको हो ।
बन्द भएपछि उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन् । वर्षा कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन शुरु गर्ने खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए । परामर्शदाता र एसियाली विकास बैंकले (एडीबी)को मनसुनजन्य विपत्तिबाट आयोजनामा पुग्नसक्ने सम्भावित क्षति कम गर्न मेलम्चीको पानी बन्द गर्न सुझाव छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिएकोमा हाल आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ । काठमाडौंमा दैनिक ४३ करोड खानेपानीको माग रहेको छ । मेलम्चीको पानी बन्द भएपछि पुनः काठमाडौंमा खानेपानीको समस्या उत्पन्न हुनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स