स्थानीय वायु सक्रिय, आज पनि पानी पर्ने सम्भावना
जलसरोकार
काठमाडौं: स्थानीय वायु सक्रिय भएकाले आज (असोज ९ गते) पनि देशका धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको मौसमविदहरुले बताएका छन् ।
बुधबार कर्णाली प्रदेशको पूर्वी भूभागदेखि कोशी प्रदेशसम्म व्यापक वर्षा भएपनि गएरातिदेखि पानी कम भएको थियो । तर, आज फेरि धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान गरिएको छ ।
मौसमविद हरिप्रसाद दाहालका अनुसार विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुनसक्छ । त्यस्तै, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा पनि पानी पर्ने सम्भावना छ । उनले खण्डित रुपमा एक–दुई स्थानमा भारी वर्षा समेत हुनसक्ने बताए ।
दाहालका अनुसार असोज ९ गतेदेखि बंगालको खाडीमा पानी पार्ने नयाँ मौसमी प्रणाली विकसित भएको छ जसको आंशिक असर नेपालमा पर्नसक्ने देखिएको छ । उक्त प्रणालीको बढी प्रभाव बंगलादेश, म्यानमार र भारतका सिक्किम, आसाम र मेघालय क्षेत्रमा पर्ने भए पनि नेपालको पूर्वी भूभागमा आंशिक असर पार्ने सम्भावना रहेको उनले जानकारी दिए ।
‘हामी उक्त प्रणालीलाई नजिकबाट नियालीरहेका छौं,’ दाहालले भने, ‘यसको प्रभाव नेपालमा कस्तो पर्छ भन्नेबारे अध्ययन भइरहेको छ ।’
उनका अनुसार दशैंको समयमा मौसम कस्तो रहनेछ भन्नेबारे निकट भविष्यमा विशेष बुलेटिन जारी गरिनेछ ।
‘एक–दुई दिनमै हामी दशैं विशेष बुलेटिनमार्फत सम्भावित मौसमी अवस्थाको जानकारी दिनेछौं,’ उनले भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा