आगामी २४ घण्टामा देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान सार्वजनिक गर्दै देशभर सामान्य बदली रहने जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर सामान्य बदली रहने पूर्वानुमान छ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भाग तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमी विश्लेषणअनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको केही उत्तरतर्फ तथा पश्चिमतर्फ नेपालको तराई नजिक अवस्थित रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता