देशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना, तराईमा हुस्सु रहने पूर्वानुमान
जलसरोकार
काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज (सोमबार) दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ। सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी र हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।
आज राति पनि तराईका थोरै स्थानमा हुस्सु रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा राति पनि हल्का वर्षा वा हिमपातको सम्भावना छ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसमविद्ले बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता