यी प्रदेशमा हल्का वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ : हाल देशमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार यसको असरले देशका अधिकांश पहाडी र हिमाली भू–भागमा बादल लाग्ने अवस्था रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका एक–दुई स्थानमा पनि यस्तै मौसम रहने जनाइएको छ।
तराई क्षेत्रको मौसम भने आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागमा तातो दिनको सम्भावना रहेको विभागले जनाएको छ।
समग्रमा देशको हिमाली भू–भागमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहनेछ। साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता