कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना


काठमाडौं : देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आंशिक बदली भनेको आकाशलाई बादलले २६ देखि ५० प्रतिशत ढाक्नु हो ।
विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रकाशन गरेको मौसमसम्बन्धी बुलेटिनअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
"बिजुली आफैं उत्पादन गर्नुस्, प्रसारण लाइन पनि आफैं बनाउनुहोस्, अनि बजार पनि आफैं खोज्नुस्" — नेविप्राका कार्यकारी निर्देशक शाक्यको कड्को
-
दोहोरो आइजिन खारेजको माग गर्दै इप्पानको चार निकायमा ध्यानाकर्षण
-
पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर
-
तनहुँ जलविद्युत आयोजना निर्माणमा प्रगति, समयमै सम्पन्न गराउने लक्ष्य
-
देशभर साधारण बदली, चारवटा प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
अब ढिलो गर्नु भनेको जनताको भरोसा गुमाउनु हो : ऊर्जामन्त्री खड्का