कोशी र गण्डकी प्रेदशका पहाडी भूभागमा हल्का वर्षा र तराईमा कुहिरोको सम्भावना


काठमाडौं : कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक- दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको बुलेटिनअनुसार आज दिउँसो कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
बुलेटिनअनुसार आज राति भने कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराई भू-भागका थोरै स्थानहरुमा हुस्सु / कुहिरो लागेको महाशाखाले उल्लेख गरेको छ।
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक- दुई स्थानमा हल्का वर्षाको सम्भावना तथा तराईका क्षेत्रमा बिहानीपख हल्का हुस्सु र कुहिरोको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री खनाल र निजी क्षेत्रबीच छलफल, व्यवसाय पुनःस्थापनाका लागि कोष खडा हुने
-
विद्युत् प्राधिकरणमा रहेको मन्त्री कार्यकक्ष तत्काल बन्द गर्न ऊर्जामन्त्री घिसिङको निर्देशन
-
शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ सहभागी
-
असोज महिनामा वाणिज्य बैंकहरूले घटाए ब्याजदर
-
सुन–चाँदीको मूल्य फेरि उचालिँदै नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?
-
कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात