देशका केही हिमाली क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना
जलसरोकार
काठमाडौँ : देशका विभिन्न स्थानमा आज आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने पहाडी तथा तराई भू–भागमा आंशिक बदली रहनेछ।
आज कोशी प्रदेश को पहाडी र हिमाली भू–भाग तथा बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।
त्यस्तै, आज राति गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी हिमाली भू–भागमा आंशिक बदली रहनेछ। पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
मौसमविद्का अनुसार हाल नेपालमा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता