पश्चिमी वायुको आंशिक प्रभाव, उच्च पहाड र हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि सार्वजनिक गरेको मौसम पूर्वानुमानअनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
विभागका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो लाग्नेछ। देशको उच्च पहाडी र हिमाली भू-भागमा सामान्यतया बादल लाग्ने अनुमान गरिएको छ भने बाँकी पहाडी भू-भागमा आंशिक बादल र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।
त्यस्तै, आज राति तराईका थोरै स्थानमा तुँवालो लाग्ने सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ।
मौसमविद्हरूका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले पहाडी तथा हिमाली क्षेत्रमा मौसममा आंशिक परिवर्तन देखिन सक्नेछ। विभागले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता