पिउने पानीको अभावले कुमाल बस्ती काकाकुल
जलसरोकार
भोजपुर : षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका करिब ५० परिवार पानीको समस्याबाट पीडित हुँदै आएका छन् ।
पानीको अभावका कारण स्थानीयवासीलाई बिहान–बेलुका पानीको जोहो गर्न घण्टौँ समय खर्चिनुपर्ने बाध्यता रहेको छ । पर्याप्त पानी नहुँदा सरसफाइमा समस्या देखिएको छ भने स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न थालेको स्थानीयले बताएका छन् ।
बस्तीका स्थानीय कृष्णबहादुर कुमालका अनुसार पानी खोज्न धेरै समय खर्चिनुपर्दा कृषि, मजदुरीलगायत अन्य दैनिक कामकाज प्रभावित भएका छन् । हिउँद याममा समस्या झन् गम्भीर हुने गरेको उनले बताए । पानीको अभावले महिला, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
कुमाल बस्तीको दीर्घकालीन समाधानका लागि पहल भइरहेको षडानन्द नगरपालिका–६ का वडाध्यक्ष सुमन विसुन्केले जानकारी दिए । उनका अनुसार बस्तीमा पानी व्यवस्थापनका लागि रु सात लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।
स्थानीयवासीले समस्या चाँडो समाधान गरी स्वच्छ पिउने पानीको स्थायी व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता