कुलमान घिसिङको माग : जेनजी पुस्तासहित अन्तरिम सरकार गठन गरौ
जलसरोकार
काठमाडौँ: नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जेनजी पुस्तालाई समेत संलग्न गरी स्वच्छ छवि भएका व्यक्तिहरूको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै उनले अविलम्ब आम चुनावको मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिएका छन् । हालैको घटनामा १९ जनाको ज्यान गएको प्रसंग उल्लेख गर्दै घिसिङले यस्तो घटना सामान्य नभएको र वर्तमान राजनीतिक नेतृत्वले नैतिक जिम्मेवारी स्वीकार गरी पदत्याग गर्नुपर्ने बताएका छन् ।
जेनजी पुस्ता देशको भविष्य भएको उल्लेख गर्दै घिसिङले बुँदागत रुपमा केही प्रस्ताव अघि सारेका छन् । तीमा जेनजी पुस्ताको गुनासोलाई सम्बोधन गर्ने, उनीहरूको आकांक्षा पूरा गर्ने अवस्था सिर्जना गर्ने, अन्तरिम सरकार गठन गरी छिट्टै चुनाव गराउने लगायत छन् ।
संविधानमा आवश्यक संशोधन गरी जेनजी पुस्ताको नेतृत्व विकासमा सहयोग पुग्ने वातावरण बनाइनुपर्ने घिसिङको भनाइ छ । साथै, सबै तहमा व्याप्त भ्रष्टाचार अन्त्य गर्न स्वतन्त्र उच्चस्तरीय आयोग गठन गरी छानबिन गर्ने र भ्रष्टाचारीलाई फास्ट ट्र्याकमार्फत कडा सजायको व्यवस्था गर्नुपर्ने उनले प्रस्ताव गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ग्यास उद्योगीलाई ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्तिले विवादमा आएकी उद्योगमन्त्री यादवले दिइन् राजीनामा
-
चिलिमे उद्धारमा महत्वपूर्ण संकेत : सुरुङभित्र चिसो हावाको दोहोरो बहाव र प्रतिध्वनि
-
प्रसारण लाइनको तार छुँदा घाइते भएकी ८ वर्षीया रश्मीलाई प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति
-
करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति
-
तनहुँका एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार
-
अपर म्याग्दी–१ को अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’