सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

काठमाडौंको वायु प्रदूषण ‘निकै अस्वस्थ’ स्तरमा

जलसरोकार
मंगलबार, फागुन २६, २०८२ | १०:२१:५३ बजे

 

काठमाडौँ : काठमाडौंको वायु गुणस्तर आज बिहान निकै खराब भएको छ। स्विट्जरल्याण्डस्थित आईक्यू एयरको रियल–टाइम मापन अनुसार, काठमाडौंको वायु गुणस्तर इन्डेक्स (AQI) २०६ पुगेको छ। स्वास्थ्य विज्ञहरूले १५० भन्दा माथि भएको वायु प्रदूषणलाई अस्वस्थ मान्ने गरेका छन् भने २०० भन्दा माथि पुगेको अवस्था “निकै अस्वस्थ” मानिन्छ।

नेपाल सरकारद्वारा स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार, ०–५० स्तरमा वायु गुणस्तर राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ, र ३०१ भन्दा माथि खतरनाक मानिन्छ। यस अनुसार काठमाडौं आज निकै अस्वस्थ तहमा रहेको छ।

अन्तर्राष्ट्रिय स्तरमा हेर्दा पनि काठमाडौं आज विश्वका अस्वस्थ शहरमध्ये तेस्रो स्थानमा रहेको छ। पहिलो स्थान भारतको दिल्ली र दोस्रो स्थान बंगलादेशको ढाकाले ओगटेका छन्। दुवै शहरमा पनि वायु प्रदूषण ‘निकै अस्वस्थ’ स्तरमा पुगेको रिपोर्ट गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषणबाट सुरक्षा अपनाउन सबैलाई सचेत रहन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वायु प्रदूषणले मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा, मिर्गौला लगायत स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भएकाले नागरिकहरूलाई सावधान रहनु आवश्यक रहेको बताउनुभएको छ।

विशेषज्ञहरूले वायु प्रदूषणको तीव्र वृद्धि रोक्न व्यक्तिगत सतर्कता मात्र होइन, सार्वजनिक यातायातको प्रयोग, धूलो कम गर्ने उपाय र हरित क्षेत्रको संरक्षण आवश्यक रहेको सुझाव दिएका छन्। काठमाडौंमा वायु प्रदूषणको यस स्तरले बालबालिका, वृद्धवृद्धा, दम र फोक्सो रोगीहरूमा विशेष जोखिम बढाउने बताइएको छ।

प्रकाशित मिति : मंगलबार, फागुन २६, २०८२ | १०:२१:५३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया