विश्वको दोस्रो प्रदूषित सहर बन्यो काठमाडौं
जलसरोकार
काठमाडौं: काठमाडौं विश्वको दोस्रो प्रदूषित सहर बनेको छ । विश्वभरको मुख्य मुख्य क्षेत्रको वायु स्वच्छता मापन गर्दै आएको आईक्यू एअरका अनुसार काठमाडौंको वायु प्रदूषण १९६ एक्यूआई छ ।
पाकिस्तानको कराची २१५ एक्यूआईसहित प्रदूषित सहरमध्ये पहिलो नम्बरमा छ ।
त्यस्तै नेपालमा भने पोखराको वायु प्रदूषण लगातार दोस्रो दिन पनि देशकै शीर्ष स्थानमा रहेको छ । बिहान साढे १० बजेसम्म पोखराको वायू प्रदूषण १९० एक्यूआईसहित रेड जोनमा छ ।
वातावरण विभागका अनुसार पोखरा पछि दोस्रो स्थानमा काठमाडौंको शंखपार्क दोस्रो र भरतपुर तेस्रो स्थानमा छ । दुवैको वायु दूषण १८२ एक्यूआई मापन गरिएको छ । त्यस्तै भक्तपुर (१६९), धनगढी (१६७), रत्नपार्क क्षेत्र (१६३), हेटौंडा (१५९) र खुमल्टार (१५९) एक्यूआई वायु प्रदूषण मापन गरिएको छ ।
बिहानैदेखि वायु प्रदूषण उच्च हुँदा जनजीवन प्रभावित हुन थालेको छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ ।
वातावरण विभागका अनुसार ०–५० एक्यूआईसम्मको सूचकांकमात्रै राम्रो मानिन्छ । ५१–१०० मध्यम, १०१–१५० हुँदा अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।
मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ । ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता