तुवाँलो र वायुप्रदूषण बढ्दा काठमाडौं विश्वकै दोस्रो प्रदूषित शहर बन्यो
जलसरोकार
काठमाडौं : काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा तुवाँलो बढ्दा आकाश धुम्मिएको छ । पछिल्ला केही दिनदेखि मौसम पूर्ण रूपमा खुल्न नसक्दा देशभर वायुप्रदूषणको स्तर उच्च बनेको छ ।
विशेषगरी देशको पूर्वी क्षेत्रमा वायुमण्डलमा अत्यधिक प्रदूषण जमेको देखिएको छ । यही कारण काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहरहरूको शीर्ष १० सूचीभित्र परेको छ । हावाको गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था क्ष्त्तब्ष्च का अनुसार विश्वकै प्रदूषित शहरहरूको सूचीमा काठमाडौं दोस्रो स्थानमा पुगेको छ ।
हाल काठमाडौंको हावाको गुणस्तर सूचकाङ्क (एयर क्वालिटी इन्डेक्स) १८४ भन्दा माथि पुगेको छ । काठमाडौंको शंखपार्क क्षेत्रमा मात्रै १६७ इन्डेक्स मापन गरिएको छ । काठमाडौंसँगै इलाम पनि प्रदूषित शहरहरूको सूचीमा परेको छ । त्यस्तै देउखुरी (दाङ), भैसेपाटी, भक्तपुर, रत्नपार्क, खुमलटार र कीर्तिपुर क्षेत्रमा प्रदूषणको मात्रा उच्च रहेको छ ।
सामान्यतया एयर क्वालिटी इन्डेक्स ० देखि ६० सम्मको अवस्थालाई राम्रो मानिन्छ । तर अहिले यी अधिकांश स्थानमा सूचकाङ्क १६० भन्दा माथि पुगेको छ, जसलाई स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण मानिन्छ ।
जलवायु तथा विपद् विज्ञ धर्मराज उप्रेती का अनुसार अहिले विराटनगरमा पनि प्रदूषणको स्तर अत्यधिक बढेको छ । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विराटनगरमा एयर क्वालिटी इन्डेक्स ६०७ पुगेको उल्लेख गरेका छन्, जसलाई अत्यन्त घातक अवस्था मानिन्छ ।
उनका अनुसार भारतको द्यष्जबच लगायत आसपासका क्षेत्रमा बढेको प्रदूषणको असर नेपालमा समेत परेको हो ।
स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै उनले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, बाहिरी हिँडडुल कम गर्न तथा मास्क प्रयोग गर्न सुझाव दिएका छन् । साथै काठमाडौंमा प्रदूषणका साथै बादलले आकाश ढाकेकाले झन् अँध्यारो देखिएको पनि उनले बताएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा
-
नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ४ अर्ब ५७ करोड रुपैयाँ नाघ्यो