कैलाली जलमग्न, भजनीका अधिकांश वडा डुबानमा एक जनाको मृत्यु
जलसरोकार
काठमाडौँ । कैलालीको कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि भजनी नगरपालिका जलमग्न भएको छ । बाढीले घर डुबाएपछि स्थानीयको बिजोग भएको छ । भजनीका अधिकांश वडा बाढीले जलमग्न भएका छन् । बस्तीमा बाढी पसेपछि तीन हजार भन्दा बढी घर डुबानमा परेको नगर प्रमुख केवल चौधरीले जानकारी दिए । घर डुबानमा परेका सर्वसाधारण आफन्तको घर र सुरक्षित स्थानमा आश्रय लिन थालेका छन् । डुबान क्षेत्रका केही परिवार भने ओभानो ठाँउ खोज्दै वनमा समेत पुगेका छन् ।
बाढीले हजारौँ मानिस प्रभावित भएकाले सबैलाई आश्रय दिन समस्या भएको नगरपालिकाले जनाएको छ । भजनीमा वर्षेनी बाढीले दुख दिने गरेको छ । मोहना, पथरैया, कन्द्रा र काढा नदीले भजनी नगरपालिकालाई हरेक वर्षा याममा डुबाउने गरेको हो ।
बढीले जोशीपुर गाउँपालिका ३ भितरियामा दुई सय घर डुबानमा परेका छन् । काडा नदीमा आएको बाढी बस्तीमा पसेपछि भितरिया गाउँका एक सय ७० बढी घर डुबानमा परेको स्थानीयले बताएका छन् । बाढीको सतह बढ्दै गएपछि मानिसहरु सडकमा निस्केका छन् । यसैबीच, कैलालीमा बाढीले बगाउँदा गौरीगङ्गा नगरपालिकामा एक जनाको मृत्यु भएको छ । २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ । काठेपुल तर्ने क्रममा चौधरीलाई बाढीले बगाएको थियोे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य