कैलाली जलमग्न, भजनीका अधिकांश वडा डुबानमा एक जनाको मृत्यु
जलसरोकार
काठमाडौँ । कैलालीको कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि भजनी नगरपालिका जलमग्न भएको छ । बाढीले घर डुबाएपछि स्थानीयको बिजोग भएको छ । भजनीका अधिकांश वडा बाढीले जलमग्न भएका छन् । बस्तीमा बाढी पसेपछि तीन हजार भन्दा बढी घर डुबानमा परेको नगर प्रमुख केवल चौधरीले जानकारी दिए । घर डुबानमा परेका सर्वसाधारण आफन्तको घर र सुरक्षित स्थानमा आश्रय लिन थालेका छन् । डुबान क्षेत्रका केही परिवार भने ओभानो ठाँउ खोज्दै वनमा समेत पुगेका छन् ।
बाढीले हजारौँ मानिस प्रभावित भएकाले सबैलाई आश्रय दिन समस्या भएको नगरपालिकाले जनाएको छ । भजनीमा वर्षेनी बाढीले दुख दिने गरेको छ । मोहना, पथरैया, कन्द्रा र काढा नदीले भजनी नगरपालिकालाई हरेक वर्षा याममा डुबाउने गरेको हो ।
बढीले जोशीपुर गाउँपालिका ३ भितरियामा दुई सय घर डुबानमा परेका छन् । काडा नदीमा आएको बाढी बस्तीमा पसेपछि भितरिया गाउँका एक सय ७० बढी घर डुबानमा परेको स्थानीयले बताएका छन् । बाढीको सतह बढ्दै गएपछि मानिसहरु सडकमा निस्केका छन् । यसैबीच, कैलालीमा बाढीले बगाउँदा गौरीगङ्गा नगरपालिकामा एक जनाको मृत्यु भएको छ । २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ । काठेपुल तर्ने क्रममा चौधरीलाई बाढीले बगाएको थियोे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा