आज पानी पर्ने
जलसरोकार
काठमाडौ : गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा मधेश, लुम्बिनी तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले आज जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा छ ।
बुलेटिनअनुसार हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। पश्चिम तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
कोशी प्रदेशको हिमाली क्षेत्रमा आज दिउँसो आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।
त्यसैगरी आज राति कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ ।
तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही हल्का वर्षाको सम्भावना रहेको र राति मुख्यतया सफा रहने सम्भावना बुलेटिनमा छ ।
बागमती प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । पहाडी र तराई क्षेत्रमा आंशिक खि साधारणतया बदली रही हल्का वर्षाको सम्भावना छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता