आज केही ठाउँमा पानी पर्ने
जलसरोकार
काठमाडौं : कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा छ ।
त्यसैगरी आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहने महाशाखाको अनुमान छ ।
सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाको बुलेटिनमा छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयलाई शेयर दिने
-
जलविद्युत क्षेत्रमा नेपाल लगानीमैत्री बन्दै, १० प्रतिशत मात्र सम्भावना उपयोग : पूर्वसचिव भेटुवाल
-
बर्दिया-कैलाली जोड्ने दौलतपुरघाट पुलको मन्त्री घिसिङबाट शिलान्यास
-
अपर त्रिशूली -१ जलविद्युत् आयोजना: नेपालको सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानीको ऊर्जा परियोजना
-
एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले वास्तविक समयमा आफ्नो आवेदनको ट्र्याक गर्न सक्ने
-
सेयर बजार सामान्य सुधार, नेप्से ५.७० अंकले बढ्यो