देशका केही स्थानमा भीषण वर्षा हुने, सर्तकता अपनाउन सुझाव
जलसरोकार
काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानमा भीषण वर्षा हुने भन्दै २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गरेको छ । बिहीबार बिहानबाट मधेस प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ भने केही स्थानमा भारी वर्षा भइरहेको जनाएको छ । विभागका अनुसार बागमती प्रदेशको चितवन जिल्ला र गण्डकी प्रदेशको नवलपुर र लमजुङ जिल्ला आसपास क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भइरहेको र थप वर्षा हुने सम्भावना रहेको मौसम जनाएको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ, ‘कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम र कर्णाली प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। ’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा