देशका केही स्थानमा भीषण वर्षा हुने, सर्तकता अपनाउन सुझाव
जलसरोकार
काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानमा भीषण वर्षा हुने भन्दै २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गरेको छ । बिहीबार बिहानबाट मधेस प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ भने केही स्थानमा भारी वर्षा भइरहेको जनाएको छ । विभागका अनुसार बागमती प्रदेशको चितवन जिल्ला र गण्डकी प्रदेशको नवलपुर र लमजुङ जिल्ला आसपास क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भइरहेको र थप वर्षा हुने सम्भावना रहेको मौसम जनाएको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ, ‘कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम र कर्णाली प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। ’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य