मधेसको खानेपानी समस्या समाधान गर्न ठोस योजना तयार गर्न निर्देशन
जलसरोकार
काठमाडौं: खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन विभागको वार्षिक प्रगति समीक्षा गोष्ठीमा खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेस क्षेत्रमा दीर्घकालीन रूपमा खानेपानी समस्या समाधानका लागि तत्काल ठोस योजना तयार गर्न निर्देशन दिएका छन् । । उनले विभागलाई सम्भव भएसम्म छिटो कार्यान्वयन गर्न सकिने योजना तयार गर्न आग्रह गर्दै दीर्घकालीन समाधान अब ढिला नगरी सुरु गर्नुपर्नेमा जोड दिए ।
गत आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री यादवले खानेपानी मन्त्रालयले विकास निर्माणका क्षेत्रमा उत्कृष्ट परिणाम हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी काम गर्न विभागलाई प्रोत्साहित गरे ।
गोष्ठीमा विभागका महानिर्देशक रामकुमार श्रेष्ठले विगत वर्षमा विभागले देशभर ९० प्रतिशत प्रगति हासिल गरेको जानकारी दिँदै मन्त्रीको स्पष्ट मार्गनिर्देशनअनुसार आगामी वर्ष अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स