पश्चिमी वायुको प्रभाव, देशका पहाडी भागमा आंशिक बदली र हल्का वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ: जल तथा मौसम विज्ञान विभागका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । त्यस्तै, गण्डकी प्रदेशको पश्चिमी भेगमा पनि सो वायुको असर देखिएको छ भने बाँकी भूभागमा मनसुनी र स्थानीय वायुको प्रभाव कमजोर रहेको विभागले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भागमा आंशिक बदली रहने र बाँकी भागमा मुख्यतया मौसम सफा रहने विभागको अनुमान छ । पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना पनि रहेको छ ।
त्यस्तै, आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम सफा रहने विभागले जानकारी दिएको छ । यी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना समेत रहेको उल्लेख गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली