पश्चिमी वायुको प्रभाव, देशका पहाडी भागमा आंशिक बदली र हल्का वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ: जल तथा मौसम विज्ञान विभागका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । त्यस्तै, गण्डकी प्रदेशको पश्चिमी भेगमा पनि सो वायुको असर देखिएको छ भने बाँकी भूभागमा मनसुनी र स्थानीय वायुको प्रभाव कमजोर रहेको विभागले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भागमा आंशिक बदली रहने र बाँकी भागमा मुख्यतया मौसम सफा रहने विभागको अनुमान छ । पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना पनि रहेको छ ।
त्यस्तै, आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम सफा रहने विभागले जानकारी दिएको छ । यी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना समेत रहेको उल्लेख गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता