पश्चिमीसहित स्थानीय वायुको प्रभाव : तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा
जलसरोकार
काठमाडौँ : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा मङ्गलबार काठमाडौँलगायत देशका विभिन्न स्थानमा हुरीका साथमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेश हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भू–भागका थोरै स्थानहरूमा अपराह्नपछि हुरीको सम्भावना रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
‘मदिरा-दलाली गठबन्धन’ तोड्न सांसद श्रीराम न्यौपानेको प्रधानमन्त्रीलाई खुल्लापत्र
-
सुपर तमोर जलविद्युत् आयोजनाका लागि २५ अर्बभन्दा बढीको वित्तीय व्यवस्थापन सुनिश्चित
-
निकुञ्जले रोकेका पाँच जलविद्युत् आयोजना खुलाउन वनमन्त्रीसमक्ष इप्पानको आग्रह
-
सुरक्षित खानेपानी पहुँच ९७ प्रतिशत जनसंख्यामा, तर प्रशोधित पानी प्रणाली अझै कमजोर
-
दाउराको हिस्सा घट्दै, विद्युत्को हिस्सा बढ्दै
-
राष्ट्रिय गौरवका सिंचाइ आयोजना पनि सुस्त, अधिकांशमा लक्ष्यभन्दा कम प्रगति