पहाडी भू भागमा आंशिक बदली हुने, कोशी र गण्डकीमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


काठमाडौँ: हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा सफादेखि आंशिक बदली रहने छ । कोशीलगायत गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा र बाँकी पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, आज राति कोशी प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्राधिकरणका अधिकांश प्रदेश प्रमुखहरुले विद्युत् चुहावट बढाए (विस्तृत विवरणसहित)
-
सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढ्यो
-
आगामी २४ घण्टासम्म पहाडी भू-भागमा मध्यम वर्षाको सम्भावना
-
प्राधिकरणमा विद्युत् चुहावट मात्रै १२ अर्ब ७० करोड रुपैयाँ बराबर
-
सिंचाइको मिटर रिडिङका कारण मधेसमा विद्युत् चुहावट घट्यो
-
तीन दिनपछि सेयर बजार उकालो, सोमबार १७९ कम्पनीको मूल्य बढ्दा ७१ कम्पनीको घट्यो