डाडागाउँमा ‘एक घर, एक धारा’
जलसरोकार
म्याग्दी: मालिका गाउँपालिका–३ मा रु एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई सय २५ घरपरिवार लाभान्वित भएका छन् ।
मालिकाको रु २४ लाख ८५ हजार ५९६ र नेपाल स्वास्थ्यको लागि पानी संस्था (नेवा)को रु ५६ लाख एक हजार ३६६ अनुदान तथा उपभोक्ताको रु २९ लाख १३ हजार १२४ को लागतमा योजना निर्माण भएको हो । वडाध्यक्ष मोतिप्रसाद बुढाले सर्वसाधारणका घरमा दुई सय २५, विद्यालयमा चार र सामुदायिक स्वास्थ्य एकाइमा एक निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको जानकारी दिए ।
उनका अनुसार डाडागाउँ, किटेनी, औल, सराग्दी र स्यागलुङ टोलका दुई हजार १९ जनसङ्ख्या लाभान्वित भएका छन् । यसअघि सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएका थिए । घरघरमा धारा बनेपछि समयको बचत, झन्झट हट्नुका साथै घरायसी कामकाज सहज भएको उपभोक्ताले बताएका छन् । खानेपानी योजना निर्माणका लागि उपभोक्ताले प्रतिपरिवार ६० दिनका दरले श्रमदान गरेका थिए ।
पानीको मितव्ययी प्रयोगका लागि मिटर जडान गरिनुका साथै धारा वरपरको वातावरणलाई स्वच्छ बनाउन भाडा सुकाउने पक्की चाङसमेत निर्माण भएको छ । बोक्रेमा रहेका तीनवटा मुहानबाट ११ वटा रिजर्भ ट्याङ्कीमा पानी सङ्कलन गरेर वितरण गर्ने संरचना बनाएको नेवा संस्थाका प्राविधिक सुुरेन्द्र चन्दले बताए । यस आयोजनाको मुख्य र शाखा पाइपलाइनको दूरी २१ हजार ४६८ मिटर लामो छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
थर्कबहादुरले ऊर्जामन्त्रीलाई थाङ्नामा सुताए
-
आयातको बाढी, निर्यातको सुस्त गति : १७ खर्ब ८१ अर्बको व्यापार घाटाले अर्थतन्त्रमा दबाब
-
तनहुँका भूमि प्रशासन र नापी सेवामा सुधार गर्न सांसद न्यौपानेको माग
-
अर्थमन्त्री वाग्लेबाट आन्तरिक राजस्व विभागको अनुगमन, राजस्व लक्ष्य पूरा गर्न निर्देशन
-
नेप्से १४.१७ अंकले बढ्यो, कारोबार रकम घटेर ४ अर्ब ६९ करोडमा सीमित
-
खुला प्रतिस्पर्धाबाट फेरि अध्यक्ष बने डा. धिताल, विद्युत् नियमन आयोगमा पुरानै नेतृत्वको पुनरागमन