पश्चिमी प्रणालीको प्रभाव : केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
जलसरोकार
काठमाडौँ, : जल तथा मौसम पूर्वानुमान महाशाखा ले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। विशेषगरी कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का हिमाली भेगका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
आज रातिको अवस्थातर्फ हेर्दा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेश का पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहने जनाइएको छ। त्यस्तै बागमती प्रदेश र कोशी प्रदेश का पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम प्रायः सफा रहनेछ।
महाशाखाका अनुसार विशेषगरी सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता