पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना
जलसरोकार
काठमाडौँ : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा सामान्य बदली रहनेछ भने मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका अन्य भाग तथा बाँकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
आज राति पनि तराईका केही स्थानमा तुवाँलो लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने तथा अन्य प्रदेशमा मुख्यतया मौसम सफा रहने जनाइएको छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हुस्सु, तुवाँलो र हिमपातका कारण दैनिक जनजीवन तथा यातायात सञ्चालनमा असर पर्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रुलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता