पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना
जलसरोकार
काठमाडौं, : मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणालीको प्रभावका कारण देशका केही भागमा आंशिक बदली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देखिएको हो ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ ।
महाशाखाका वरिष्ठ मौसमविद्हरूका अनुसार पछिल्ला दिनहरूमा पश्चिमी वायु क्रमशः सक्रिय हुँदै गएको छ, जसको असर हिमाली र उच्च पहाडी भेगमा बढी देखिने अपेक्षा गरिएको छ। यसले तापक्रममा पनि केही गिरावट ल्याउने सम्भावना छ।
उनीहरूले उच्च हिमाली क्षेत्रमा यात्रामा निस्कने, चरनमा जाने र पर्वतीय क्षेत्रमा कृषिकर्ममा संलग्न व्यक्तिहरूलाई सतर्क रहन आग्रह गरेका छन्।
महाशाखाले आगामी केही दिन पनि पश्चिमी वायुको आंशिक प्रभाव रहिरहने अनुमान गरेको छ। त्यस्तै, बुधबार रातिपछि देशका अधिकांश भू–भागमा क्रमशः मौसम सुधार आउने र बिहीबारदेखि पुनः सामान्य मौसम रहने पूर्वानुमान गरिएको छ।
यसअघि गत हप्ता सक्रिय भएको पश्चिमी वायुका कारण मुस्ताङ, हुम्ला, मनाङ, डोल्पा लगायतका उच्च हिमाली जिल्लामा हल्का हिमपात भएको थियो भने काठमाडौँसहित तराईका केही भागमा चिसो बढेको अनुभव गरिएको थियो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कमजोर, तर तराई र मधेसका केही जिल्लामा तातो हावा र गर्मीको चेतावनी
-
बूढीगण्डकी जलाशययुक्त जलविद्युत् निर्माण सरकारकाे प्राथमिकतामा : मन्त्री श्रेष्ठ
-
अन्तिम समयमा सम्हालियो नेप्से, परिसूचक १.६३ अंकले बढ्दा कारोबार ४ अर्ब ५३ करोड नाघ्यो
-
पीपीए रोकिँदा साना जलविद्युत् आयोजना वित्तीय संकटमा
-
करको विवेकपूर्ण उपयोग सरकारको नीति: अर्थमन्त्री वाग्ले
-
सुन–चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?