पश्चिमी वायुको प्रभाव: उच्च पहाडी क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना
जलसरोकार
काठमाडौँ, : नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी २४ घण्टामा देशका विभिन्न भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञानसम्बन्धी निकायका अनुसार आज दिउँसो तराईका केही स्थानमा बिहान हुस्सु देखिनेछ भने देशको हिमाली भू–भागमा साधारणतया बदली रहनेछ। पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने जनाइएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
आज राति तराईका थोरै स्थानमा तुँवालो लाग्ने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने कर्णाली प्रदेशको हिमाली क्षेत्रमा पनि आंशिक बदलीको सम्भावना छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ।
मौसमविद्हरूले हुस्सु तथा तुँवालोका कारण बिहानको समयमा सवारी आवागमन र हवाई उडान प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता