देशभर मनसुनी वायुको प्रभाव : श्चिम नेपालमा वर्षा
जलसरोकार
काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले पश्चिम नेपालमा वर्षा भइरहेको छ । पछिल्लो समय बैतडी, कञ्चनपुर, कैलाली, बर्दियालगायत स्थानमा अत्यधिक वर्षा भइरहेको छ । यस्तै स्याङ्जा, नवलपुरलगायत स्थानमा पनि अत्यधिक वर्षा मापन भएको महाशाखाले जनाएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थान, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान, मधेस प्रदेश साथै कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । आज राति हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना छ । आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशको थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
७० अर्ब लगानीमा बन्दैछ ४२० मेगावाटको तिला–२, कर्णालीको ऊर्जा नक्सामा अर्को ठूलो आयोजना
-
विद्युत् प्राधिकरणका १५ कर्मचारी र १८ कार्यालय उत्कृष्ट घोषित, कसले के गरे?
-
पीपीए रोक्ने होइन, विद्युत् क्षेत्रमा निजी क्षेत्रको गति अझ बढाउनुपर्छ : महासंघ अध्यक्ष श्रेष्ठ
-
लोडसेडिङपछि अब प्राधिकरणको परीक्षा गुणस्तरीय सेवामा : ऊर्जा सचिव दवाडी
-
विद्युत् बजारको जोखिम प्राधिकरणले मात्रै लिन हुँदैन : डा. धिताल
-
प्राधिकरणले निजी उत्पादकबाट १०,८२५ गिगावाट घण्टा बिजुली किन्यो, ६७ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी