गोरखाको उत्तरी भेगमा भारी हिमपात
जलसरोकार
गोरखा : गोरखा जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज बिहान करिब ३ः०० बजेदेखि हिमपात सुरु भएको स्थानीयवासीले बताएका छन् । निरन्तर परेको हिमपातले चुमनुब्री गाउँपालिकाका उच्च हिमाली क्षेत्र सेताम्मे बनेका छन् ।
स्थानीयका अनुसार चुमनुब्री गाउँपालिका–१ का साम्दो र सामागाउँ, वडा नं. २ का ल्हो र स्याला, वडा नं. ६ को चुम्चेत तथा वडा नं. ७ का नौवटै गाउँबस्तीमा हिमपात भएको छ । कतिपय स्थानमा करिब एक फिटसम्म हिउँ जमेको बताइएको छ ।
चुमनुब्री–७ का स्थानीय पासाङफुञ्जो लामाका अनुसार बिहान ३ः०० बजेदेखि हिउँ पर्न थालेपछि गाउँलेहरू निकै खुसी भएका छन् । “बिहानैदेखि हिउँ पर्न सुरु भयो,” उनले भने, “हिउँ परेपछि सबै गाउँलेहरू खुसी छन् ।”
हिमपातका कारण खेतीपानीमा सकारात्मक प्रभाव पर्ने स्थानीयको विश्वास छ । लामाका अनुसार हिउँ परेपछि धुलो उड्ने समस्या कम हुने, हुरीबतास नचल्ने र आगलागीको जोखिम घट्ने भएको छ । “अहिले सम्म हुरीबतासले घरको आँगनमै आगो फुक्न नसक्ने अवस्था थियो,” उनले भने, “अब हिउँ परेपछि आगलागीको डर हटेको छ ।”
मङ्सिरमा लगाइएको गहुँबालीले पानी पाउने र वन क्षेत्रमा रहेका झारलहरूले पनि आवश्यक चिस्यान पाउने भएकाले हिमपातलाई राहतको रूपमा लिइएको छ । लामो समयदेखि पानी नपर्दा सुक्दै गएका वनस्पति पनि अब पुनः हरियालीतर्फ फर्किने स्थानीयको अपेक्षा छ ।
हिमपातपछि गाउँलेहरूको दैनिकीमा समेत परिवर्तन आएको छ । चिसो बढेसँगै अधिकांश स्थानीय घरभित्रै आगो तापेर बसेका छन् भने उच्च हिमाली बस्तीहरूमा जनजीवन केही प्रभावित भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बूढीगण्डकी जलाशययुक्त जलविद्युत् निर्माण सरकारकाे प्राथमिकतामा : मन्त्री श्रेष्ठ
-
अन्तिम समयमा सम्हालियो नेप्से, परिसूचक १.६३ अंकले बढ्दा कारोबार ४ अर्ब ५३ करोड नाघ्यो
-
पीपीए रोकिँदा साना जलविद्युत् आयोजना वित्तीय संकटमा
-
करको विवेकपूर्ण उपयोग सरकारको नीति: अर्थमन्त्री वाग्ले
-
सुन–चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
हेटौँडा औद्योगिक क्षेत्रमा बक्यौता नतिर्ने उद्योगको विद्युत् आज पनि काटिने